एकीकृत नेकपा माओवादी सेती महाकाली राज्य समितीका इन्चार्ज धर्मेन्द्र बास्तोलाले माथिल्लो कर्नाली परियोजनामा नेपाली सेना परिचालन गर्ने नेपाल सरकारको निर्णयको विरोध गर्नुभएको छ । उहाँले आईतबार जनसंचार अभियानमा पत्रकार सम्मेलन गरि विदेशीको हितमा सेना परिचालन गरेर जनदमन गरिन सक्ने आशंका व्यक्त गर्दै सो विरोध गर्नुभएको हो ।
‘हामी सदनमा आवाज उठाउन, सरकारबाट खारेज गराउन र त्यो तागतले पुगेन भने जनताबाट निर्माणको पहल गर्ने पक्षमा छौं ” उहाँले अगाडि भन्नुभयो , ‘हामी राष्ट्रघातको कडि तोड्न चाहन्छौं ।”
No comments:
Post a Comment