मेरो नेपाल डटकम संवाददाता - आफुहरुसँग अनुमति नै नलिई सडक छेउमा रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै प्रहरीले शुक्रबार बनेपाको चारदोबाटोमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमको लागि टाँगिएको टेन्ट भत्काई दिएको छ।
प्रहरीले आफुहरुलाई जानकारी नै नगराई सडकको छेउमा रक्तदान कार्यक्रमको आयोजना गरेको भन्दै नेपाल स्वास्थ्यकर्मी युनियनले बनेपाको चारदोबाटोमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा अवरोध गरेको हो।
आफुहरुलाई ईलाका कार्यालयमा सल्लाह गर्न जानुपर्ने भन्दै ईलाका प्रहरी कार्यालय बनेपामा पठाएपछि प्रहरीको एक टोलीले आफुहरुले राखेको टेन्ट भत्काईदिएको नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय सचिव दिपक घिमिरेले जानकारी दिए। प्रहरीले कार्यक्रम बिथोलेपछि उनीहरुले नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको भवनमा गएर कार्यक्रमको आयोजना गरेको थियो।
No comments:
Post a Comment