Pages

Friday, October 12, 2012

कुटपिटको अभियोगमा सैफविरुद्ध रिट दायर

 मेरो नेपाल डटकम संवाददाता - केही दिनपछि वैवाहिक बन्धनमा बाँधिन लागेका बलिउड नायक सैफ अली खानलाई नराम्रो झड्का लागेको छ । सैफ र करिनाको विवाह हुन एक हफ्ता मात्र बाँकी रहेको बेला सैफमाथी कुटपिटको अभियोगमा मुम्बईस्थित कोलाबा पुलिस स्टेशनमा रिट दायर भएको छ ।


सैफमाथी इकवाल शर्मा नामक व्यक्तिलाई गत फेब्रुवरी महिनामा ताज होटलको एक रेष्टुरेन्टमा कुटपिट गरेको अभियोग लगाइएको छ । यस घटनापछि शर्माले प्रहरीमा उजुरी पनि लेखाएका थिए । तर, त्यतिबेला सैफ १५ हजार भारतीय रुपैयाँ तिरेर प्रहरीको लफडाबाट मुक्त भएका थिए ।


त्यसपछि उक्त घटनाको विषयमा सामेल भएका सैफ आफ्नो बयान दिन प्रहरी थानामा उपलब्ध नभएपछि उनी माथी रिट दायर भएको हो । अब सैफले यस विषयको सुनुवाईका लागि अदालत धाउनुपर्ने भएको छ ।

No comments:

Post a Comment