Pages

Friday, October 12, 2012

कुटपिटको अभियोगमा सैफविरुद्ध रिट दायर

 मेरो नेपाल डटकम संवाददाता - केही दिनपछि वैवाहिक बन्धनमा बाँधिन लागेका बलिउड नायक सैफ अली खानलाई नराम्रो झड्का लागेको छ । सैफ र करिनाको विवाह हुन एक हफ्ता मात्र बाँकी रहेको बेला सैफमाथी कुटपिटको अभियोगमा मुम्बईस्थित कोलाबा पुलिस स्टेशनमा रिट दायर भएको छ ।


सैफमाथी इकवाल शर्मा नामक व्यक्तिलाई गत फेब्रुवरी महिनामा ताज होटलको एक रेष्टुरेन्टमा कुटपिट गरेको अभियोग लगाइएको छ । यस घटनापछि शर्माले प्रहरीमा उजुरी पनि लेखाएका थिए । तर, त्यतिबेला सैफ १५ हजार भारतीय रुपैयाँ तिरेर प्रहरीको लफडाबाट मुक्त भएका थिए ।


त्यसपछि उक्त घटनाको विषयमा सामेल भएका सैफ आफ्नो बयान दिन प्रहरी थानामा उपलब्ध नभएपछि उनी माथी रिट दायर भएको हो । अब सैफले यस विषयको सुनुवाईका लागि अदालत धाउनुपर्ने भएको छ ।

प्रहरीद्वारा रक्तदान कार्यक्रममा अवरोध

मेरो नेपाल डटकम संवाददाता - आफुहरुसँग अनुमति नै नलिई सडक छेउमा रक्तदान कार्यक्रम आयोजना गरेको भन्दै प्रहरीले शुक्रबार बनेपाको चारदोबाटोमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमको लागि टाँगिएको टेन्ट भत्काई दिएको छ।

प्रहरीले आफुहरुलाई जानकारी नै नगराई सडकको छेउमा रक्तदान कार्यक्रमको आयोजना गरेको भन्दै नेपाल स्वास्थ्यकर्मी युनियनले बनेपाको चारदोबाटोमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा अवरोध गरेको हो।

आफुहरुलाई ईलाका कार्यालयमा सल्लाह गर्न जानुपर्ने भन्दै ईलाका प्रहरी कार्यालय बनेपामा पठाएपछि प्रहरीको एक टोलीले आफुहरुले राखेको टेन्ट भत्काईदिएको नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय सचिव दिपक घिमिरेले जानकारी दिए। प्रहरीले कार्यक्रम बिथोलेपछि उनीहरुले नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको भवनमा गएर कार्यक्रमको आयोजना गरेको थियो।

Tuesday, September 20, 2011


अफगानिस्तानका पूर्व राष्ट्रपति बम विष्फोटमा मारिए

    archive image
    काठमाडौ, आश्विन ३ - अफगानिस्तानका पूर्व राष्ट्रपति तथा उच्चस्तरिय शान्ति परिषद्का अध्यक्ष बुर्हनुद्दिन रब्वानीको मंगलबार एक विष्फोटनमा मृत्यु भएको छ ।
    बीबीसीले जनाए अनुसार दुई जना तालिवानी नेताहरुसंग आफ्नै घरमा छलफल गरिरहेको बेला उनी मारिएका हुन । ति तालिवानीहरु उनको हत्यामा संलग्न छन् की छैनन् भन्ने सम्बन्धमा स्पष्ट भएको छैन ।
    उक्त शान्ति परिषद्ले अफगानिस्तानको बिद्रोही तालिवानीहरुसंग वार्ता गर्दै आएको थियो । रब्बानी अफगानिस्तानको विपक्षीको नेतृत्व गरिरहेका नेता पनि हुन् ।
    राष्ट्रपति हमिद कारजाईले वार्ताको माध्यमबाट तालिवानी विद्रोहीहरुलाई शान्तिपूर्णबाटोमा ल्याउने आशाका साथ उक्त शा्न्ति परिषद्को गठन गरेको थियो । केही अघि रब्बानीले इरानमा एक धार्मिक सम्मेलनमा प्राज्ञिकहरुलाई आत्मघाती आक्रमणको बिरुद्धमा बोल्न आह्वान गरेका थिए । उनलाई पनि आत्मघाती आक्रमणमा मारिएको आशंका गरिएको छ । 

    ९ सय पुरुषसँग सेक्स गरेर बिश्व रेकर्ड

    विश्व रेकर्डका शौखिनहरु हदैसम्मको ब्यवहार गर्न पछि पर्दैनन् । उनीहरुको आ-आफ्नै शैली र तरिका छ संसारभर चर्चित बन्ने । यस्तै होडमा रहेकी एक अमेरिकी पोर्नो फिल्म स्टार लिसा स्र्पासले सुन्दा पनि लाजै लाग्ने काम गरेर नयाँ रेकर्ड बनाएकी छिन् । लिसाले केवल १२ घण्टामा ९ सय १९ पुरुषहरुसँग यौन सम्बन्ध राखेकी थिइन् । अर्थात औषतमा हेर्दा प्रत्येक ४५ सेकेन्डमा एक पुरुषसँग लिसाको तातो सम्बन्ध थियो ।
    लिसाले यस्तो लाजमर्दो रेकर्ड अक्टोवर १६, २००४ मा तेस्रो वाषिर्क विश्व गङबाङ च्याम्पियनसिप प्रतियोगितामा बनाएकी थिइन् । पोल्याण्डको वार्सामा आयोजित इरोटिकन ‘पोर्न सम्मेलन’ को एक अंशको रुपमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा लिसालगायत यसअघिकी रेकर्ड होल्डर (एक दिनमा ७ सय ५९ पुरुषसँग सम्बन्ध राखेको रेकर्ड) र अर्की एक महिलाको पनि सहभागिता थियो । आफ्नो निकटतम प्रतिद्वन्द्विभन्दा बढी २१ पुरुषसँग यौन सम्बन्ध राख्दै लिसाले नयाँ रेकर्ड कायम गरेकी हुन् ।

    प्रतियोगिता निष्पक्ष होस् भन्नाका लागि रेफ्रीहरुको अलवा ६ क्यामेराबाट घटनालाई लाइभ खिचिएको थियो ।

    हजारले नांगै फोटो खिचाएर विश्व रेकर्ड


    हजारले नांगै फोटो खिचाएर विश्व रेकर्ड

    इजरायलको मृत सागरमा १ हजार जनाले नांगै फोटो खिचाएर विश्व रेकर्ड कायम गरेका छन् । १८ देखि ७७ वर्ष उमेर समूहका १ हजार जना इजरायलीले मृतसागरको चिसो पानीमा निर्वस्त्र भएर फोटो खिचाएका हुन् । सामुहिक नग्न फोटो सेसनमा अपि्रय घटना नहोस् भनेर त्यहाँ सुरक्षा अवस्था कडा पारिएको थियो ।


    यसरी १ हजार जना नांगा मानिसलाई समुद्रमा चोपलिन लगाएर फोटो खिच्ने फोटोग्राफर हुन् , अमेरिकी फोटोग्राफर स्पेन्सर्स ट्यूनिक । ट्युनिकले यसअघि पनि स्विजरल्याण्डको हिमनदी देखि लिएर सिड्नीको ओपेरा हाउस सम्मका क्षेत्रमा विभिन्न मानिसका नग्न फोटा खिचिसकेका छन् । उनले इजरायलमा गरेको पछिल्लो कामप्रति भने त्यहाँका परम्परावादीहरुले विरोध जनाउँदै कानुनी कारवाहीका लागि अघि बढ्ने सम्मको धम्की दिएका छन् ।

    तर फोटोग्राफर ट्युनिक भने वातावरण परिवर्तनका कारण संकटमा परेको मृतसागरको संरक्षणका लागि आफ्नो कामले चेतना जगाउने दाबी गरेका छन् । पृथ्वीको सबैभन्दा होचो भागको रुपमा रहेको मृत सागरमा पानीको मात्रा निकै घटिरहेको र यहीँ दरमा घटेमा सन् २०५० सम्म यो सागरको अस्तित्व नै समाप्त हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

    Sunday, June 19, 2011

    माथिल्लो कर्नालीमा सेना परिचालनको माओवादी नेता बास्तोलाद्वारा विरोध

     एकीकृत नेकपा माओवादी सेती महाकाली राज्य समितीका इन्चार्ज धर्मेन्द्र बास्तोलाले माथिल्लो कर्नाली परियोजनामा नेपाली सेना परिचालन गर्ने नेपाल सरकारको निर्णयको विरोध गर्नुभएको छ । उहाँले आईतबार जनसंचार अभियानमा पत्रकार सम्मेलन गरि विदेशीको हितमा सेना परिचालन गरेर जनदमन गरिन सक्ने आशंका व्यक्त गर्दै  सो विरोध गर्नुभएको हो ।
    ‘हामी सदनमा आवाज उठाउन, सरकारबाट खारेज गराउन र त्यो तागतले पुगेन भने जनताबाट निर्माणको पहल गर्ने पक्षमा छौं ” उहाँले अगाडि भन्नुभयो , ‘हामी राष्ट्रघातको कडि तोड्न चाहन्छौं ।”