Pages

Friday, October 22, 2010

बिश्वासघात..

बिश्वासघात

व्यर्थै मन दुखाउनलाई फोर्यौ किन
नभएका कथाहरु व्यर्थै कोर्यौ किन
 आफैलाई थाहा छैन मेरो जीवन के हो भनी
देख्दै नदेखीने यो मुटु चोर्यौ किन

मनका कुरा सबै भन्दा घात पाए मैले
विना गल्ति जवाफरुपि लात पाए मैले
नभन्नु पर्ने रैछ भनेर नै भूल भयो
विश्वासघाती रैछौ तिमी साइनो किन लाए मैले

विना गल्ति रिसायौ  माफी किन माग्नु मैले
धोका दिइ छोडेपछि पर्यौ किन भाग्नु ऐले
पाप धर्म रैन  है संसारमा कसैलाई
बिच बाटोमै मरेमर्छु पर्यौ किन थाम्न ऐले

No comments:

Post a Comment